श्री धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय कैलाली जिल्लाको सबै भन्दा जेठो विद्यालय हो । यसको स्थापना २००४ सालमा भाषा पाठशालाको रुपमा भएको थियो । २०३४ सालमा गएर मात्रै यो विद्यालय नि.मा.वि.को रुपमा स्तर उन्नति भई कक्षा ७ सम्मको पठन पाठन प्रारम्भ भएको थियो । वि स. २०४० सालमा मात्रमा. वि. तह स्तरउन्तति भई पहिलो पटक पहिलो ब्याजको रुपमा यस विद्यालयबाट एस.एल.सी.मा विद्यार्थी सहभागी भएका थिए । 

यस विद्यालयको संस्थागत विकासको क्रममा उच्च माध्यमिक शिक्षा परिषद्को सम्बन्धन प्राप्त गरी  २०६३/०६४ सालमा साविकको  ंद्द  (कक्षा ११ र १२) सञ्चालन गरी उच्च माध्यमिक विद्यालयको रुपमा स्तर उन्नति भएको थियो । शैक्षिक सत्र २०७३ मा साविकको शिक्षा विभागबाट अनुमतिलिई प्राविधिक तथा व्यावसायिक शिक्षाधार अन्तर्गतको सिभिल इन्जिनियरिङ कक्षा ९ देखि १२ सञ्चालन गरी जिल्लाकै पहिलो प्राविधिकधार सञ्चालन गर्ने विद्यालयको पहिचान बनाउन सफल भएको छ । २०७५ सालबाट अङ्ग्रेजी माध्यममा कक्षा नर्सरीदेखि कक्षा १० सम्म सञ्चालन गरी अङ्ग्रेजी माध्यम सञ्चालन गर्ने विद्यालय भएको छ । आ.व. २०७७÷०७८ वाट 

कक्षा ११ र कक्षा १२ मा कानुन र विज्ञान विषय सञ्चालन गरी हाल जम्मा ६ वटा विषयको पठनपाठन भइरहेको छ । २०७४ साल असार २४ गते नमुना विद्यालयमा छनौट भइसकेपछि विद्यालयको भौतिकपक्ष, शैक्षिकपक्ष र व्यवस्थापकीय पक्षमा उल्लेखनीय विकास भएको छ । भौतिकपक्षको विकासको सन्दर्भमा विद्यालयको ३६ कोठा भएको अत्याधुनिक भवन निर्माण कार्य सम्पन्न भई हाल नयाँ भवनमै पठनपाठन सञ्चालन भइरहेको छ। शैक्षिक पक्षमा गुणस्तर सुधारका साथै विद्यार्थीहरूको सिकाई उपलब्धि सुधारका लागिकार्य भइरहेको छ । जम्मा २९ जना शिक्षकलाई ल्यापटप प्रदान गरी डिजिटल पाठ योजना बनाउन उत्प्रेरित गरिएको छ । तीनदिने आइसिटी तालिम सञ्चालन गरी सबै शिक्षक कर्मचारीलाई आइसिटी साक्षर बनाउने प्रयास गरिएको छ । कक्षा ९ देखि १२ मा बुक कर्नरको स्थापना गरिएको छ.। कक्षा क्याप्टेनहरूबाट लगबुग प्रयोग गरी कक्षा प्रभावकारी बनाउने प्रयास गरिएको छ । यसैगरी व्यवस्थापकीय पक्षमा विद्यालय क्षेत्रमा ५६ ओटा विद्यालय वरपर सिसिटिभी क्यामेरा जडान गरी निगरानी गर्ने गरिएको छ.। गेटमा गेटपाले र राति सुरक्षा गार्डको व्यवस्था गरी विद्यालयको सम्पत्ति सुरक्षा गर्नुको साथै कक्षा छोडने  विद्यार्थीलाई नियन्त्रण गरिएको छ। शैक्षिकक्षत्र २०८१ मा आइपुग्दा विद्यालयले थुप्रै आरोह अवरोह पार गर्दै १७५३ जना विद्यार्थी अध्यापन गर्ने एक विशाल शैक्षिक धरोहर निर्माण भएको छ । अझै विद्यालयले सुदूरपश्चिम प्रदेश र कालान्तरमा देशको एक उत्कृष्ट शैक्षिक प्रतिष्ठान बनाउने लक्ष्य उद्देश्यका साथ हरेक वर्ष क्रियाकलाप९क्क्ष्ए०विद्यालय सुधार योजना निर्माण गरी सो को  आधारमा विद्यालयको क्रियाकलाप संचालनगर्दै विद्यालयका भौतिक, शैक्षिक र व्यवस्थापकीय गतिविधि अगाडि बढाउँदै  छ । आ.व. २०८१÷०८२ वाट क्क्ष्ए को अभिन्न अंगको रुपमा क्म्ए निर्माणको रुपमा विद्यालयको मार्गमा अगाडि बढिरहेको छ ।  विज्ञान विषयको प्रवर्धन गर्न प्रयास गरिरहेको छ । यस कार्यक्रमको माध्यमवाट विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको संख्या वृद्धि गर्नुको साथै गुणस्तरीय विज्ञान शिक्षा प्रदान गर्ने एक उत्कृष्ट विद्यालय बनाउने प्रयासमा रहेको छ । विद्यालयको प्रगतिमा साथ दिनुहुने सबै शिक्षक÷कर्मचारी अभिभावक, विद्यार्थी र सरोकारवाला सबैलाई धन्यवाद तथा आभार ।  श्री धनगढी नमुना प्राविधिक मा.वि.को जय होस् ।

सूचना
भर्ना खुल्ल्यो 2082/2083
आधारभुत तह कक्षा ८ को ग्रेडसिट र प्रमाण पत्र सम्बन्धि सुचना
माध्यममक मिक्षा परीक्षा SEE २०८१ को पुनयोग सम्बन्धी सूचना
२०८१ सालको एस.ई.ई. पुरक परिक्षामा सम्मिलित हुने बिद्यार्थीहरुको समय तालिका
२०८१ सालको एस.ई.ई. परिक्षाको पुरक को आबेदन फराम भर्ने/भराउने सूचना
कक्षा ११ को ग्रेड वृद्धि परिक्षाको समय तालिका
Admission Open
Admission Grade XI
स्वागत, बिदाइ तथा भान्सा मिलन कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सर–म्यामहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि सादर अनुरोध गरिन्छ।
श्री धनगढी नमुना प्राबिधिक माध्यमिक बिद्यालय मा शिक्षक आवश्कता सम्बन्धि सुचना २०८१/०८२
श्री धनगढी नमुना प्राबिधिक मा. बि. मा दोश्रो पटक शिक्षक आवश्कता सम्बन्धि सुचना २०८१/०८२
शिक्षक लिखित मौखिक परिक्षा सञ्चालन सम्बन्धमा |
स्थानिय सार्वजनिक (गुरही) विदा सम्वन्धि सूचना
रोष्टर शिक्षक सूचीमा सूचीकृत हुने बारे सूचना
चमेना गृह संचालनका लागि सम्झौता गर्न आउने बारे सूचना
शिक्षक छनौटको अन्तिम नतिजा प्रकाशित सम्बन्धमा
श्री धनगढी नमुना प्राबिधिक माध्यमिक बिद्यालय मा शिक्षक आवश्कता सम्बन्धि सुचना २०८१/०८२
शोक बिदा सम्बन्धि सूचना
कर्फ्यू आदेश
कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगन सम्बन्धी अत्यन्त जरुरी सूचना
बिध्यालयकाे पठनपाठन सुचारू हुने सम्बन्धमा ।
कक्षा १० को परीक्षा फारम भर्ने सम्वन्धमा ।
कक्षा ९ को रजिष्ट्रेशन २०८२ कोफारम भर्ने सम्वन्धमा
हाजिरी सम्बन्धमा
विद्यालयको ७६ औं बार्षिकत्सव संबन्धी सूचना |
कक्षा ८ र १० को प्रि वोर्ड (Pree Board) परीक्षा सम्बन्धमा
विद्यालय व्यवस्थापन समिति सम्वन्धी अत्यन्त जरुरी सूचना
कक्षा ११ र १२ को अर्धपार्षिक परीक्षा २०८२ हुने सम्बन्धमा ।
शैक्षिक सत्र २०८२ सालको आधारभूत तह (कक्षा ८) को वार्षिक परीक्षाको समय तालिका सम्बन्धी सूचना !
समय सारणी वार्षिक परीक्षा २०८२ को कक्षा १ देखि कक्षा ७ सम्म परीक्षा हुने समय तालिका
कक्षा १२ को परीक्षा आवेदन फारम बुझाउने म्याद थप सम्बन्धी सूचना
प्रि–वोर्ड नतिजा विश्लेषण तथा स्टाफ बैठक सम्वन्धमा सूचना
विद्यालय व्यवस्थापन समिति गठन गर्ने बारे अभिभावक भेला हुने सम्वन्धि अत्यन्त जरुरी सूचना ।
कक्षा १२ को पुर्वतयारी परीक्षा,२०८२ सम्बन्धि सूचना
स्थानिय विदा सम्बन्धमा

जीवन सशक्तिकरण, भविष्य सुनिश्चित गर्दै

तपाईंको भविष्य हामीलाई सुम्पनुहोस्, हामीलाई भरोसा गर्नु भनेको तपाईंमा भरोसा गर्नु हो।